प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता सोमबार

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता सोमबार



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ। पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले भोलि (सोमबार) रुसका राष्ट्रपति पुटिनसँग द्विपक्षीय भेटवार्ता हुने निश्चित भएको हो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार तियानजिनस्थित मेइक्याङ सम्मेलन केन्द्रमा ओली र पुटिनबीच भेटवार्ता हुन लागेको हो ।

उनीहरुबीच सोमबार ६:४५ देखि करिब आधा घण्टा भेटवार्ता हुनेछ । भेटवार्ताका क्रममा द्विपक्षीय हितका विषयमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री ओली एससीओ सम्मेलनमा सहभागी हुन चीन पुगेका हुन् । शनिबार चीन पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिङपिङसँग भेटवार्तासमेत गरेका थिए । उनले चीन र भारतबीच लिपुलेकमा भएको सम्झौताका विषयमा पनि ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री ओलीले आइतबार भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग भेटवार्ता गरेका थिए ।