काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ ।
उनीहरूबी सोमबार दिउँसो तियान्जिनमा भेट भएको हो ।
भेटपछि मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्समा ओलीसँगको तस्बिर हाल्दै नेपालसँगको सम्बन्ध गहिरो र विशेष रहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु । भारत–नेपालको सम्बन्ध गहिरो एवम् अत्यन्तै विशेष रहेको छ ।’
चीनका राष्ट्रपति फिङको निमन्त्रणमा सांघाई सहयोग सङ्गठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन् ।


प्रतिक्रिया