रुपन्देही–३ मा रास्वपाले प्रस्ताव गरेको उम्मेदवारको साथैमा दुईवटी श्रीमति

रुपन्देही–३ मा रास्वपाले प्रस्ताव गरेको उम्मेदवारको साथैमा दुईवटी श्रीमति


ग्लोब नेपाल
729
Shares

काठमाडौं । रुपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिफारिस गरेकाे उम्मेद्वार लेखजंग थापाको दुईवटी श्रीमति साथैमा रहेको खुलेको छ । थापाले सुलोचना घिमिरे र नुमा शर्मा दुवैजनालाई साथैमा राखेका छन् । थापाको सुलोचना जेठी हुन् भने नुमा कान्छी श्रीमति हुन् ।

थापाले जेठी श्रीमतिसँग डिर्भोस भएको भनेर उम्मेदवार छनोट समितिलाई ढाँटेको खुलेको छ । थापाका श्रीमतीहरू सुलोचना र नुमाले सामाजिक सञ्जालहरूमा राखेका तस्बीर र भिडिओमा पनि उनीहरू तीनै जना सँगै देखिन्छन्। अर्थात् सुपर थापा फ्यामेली कायमै छ ।

थापा २०७९ सालको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) तर्फबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसदको सूचीमा थिए। उनको नाम अहिले पनि उक्त पार्टीले निर्वाचन आयोगमा पेस गरेको अन्तिम बन्द सूचीको नवौं नम्बरमा छ।

थापाकी कान्छी श्रीमती नुमा शर्मा पनि नाउपाकै कोटाबाट लुम्बिनी प्रदेश योजना आयोगको सदस्य भएकी थिइन्। नर्सिङमा मास्टर्स गरेकी नुमालाई लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री जोखबहादुर महराले २०८१ जेठमा प्रदेश योजना आयोग सदस्य नियुक्त गरेका थिए। पछि चेतनारायण आचार्य मुख्यमन्त्री बनेपछि उनलाई हटाइएको थियो। नुमा हाल काठमाडौंमा छिन्।

थापाकी जेठी श्रीमति सुलोचनाले बिएससी नर्सिङ गरेकी छन्। उनी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छिन्।