काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार सार्वजनिक गरेका हुन् ।
सरकारले राजस्प न्यायाधिकरण नेपालगञ्जको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च खदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश मुनेनन्द्रप्रसाद अवस्थीलाई तोक्ने निर्णय गरेको छ ।
यसैगरी, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता गरिएका व्यक्तिको छानबिन आयोगको लागि आ.व. २०८२/८३ का लागि अधिकृत स्तरका ५८ अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय समेत सरकारले गरेको छ ।




प्रतिक्रिया