काठमाडौं । संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पास भएको छ ।
समितिको मंगलबार बिहानको बैठकमा प्रतिवेदनको मस्यौदामाथि छलफलपछि प्रतिवेदन पारित भएको समितिका सभापति तुलसाकुमारी दाहालले बैठकमा घोषणा गरिन् ।
सो विधेयक असार १४ गते प्रतिनिधि सभा बैठकबाट पास भएर राष्ट्रिय सभामा पठाइएको थियो । राष्ट्रिय सभाले दफावार छलफलका लागि विधायन समितिमा पठाएको थियो ।
समितिले पास गरेको विधेयक आजै बस्ने राष्ट्रिय सभा बैठकबाट पास गरेर प्रतिनिधि सभामा पठाउने तयारी छ ।


प्रतिक्रिया