प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति चङबिच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति चङबिच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्ट्रपति हान चङबिच भेटवार्ता भएको छ ।

मंगलबार बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चीनपिङ, रुसी राष्ट्रपति भ्लादिमीर पुटिन लगायत विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओली गत शनिबार चीन भ्रमणमा गएका थिए ।