थप ३७ नेपाली अमेरिकाबाट निष्कासित, आज साढे २ बजे काठमाडौं झर्दै

थप ३७ नेपाली अमेरिकाबाट निष्कासित, आज साढे २ बजे काठमाडौं झर्दै


ग्लोब नेपाल
135
Shares

काठमाडौं । अमेरिकाले थप ३७ जना नेपालीलाई निष्कासन गरेको छ । अवैध ढंगले अमेरिका पुगेका र त्यहाँको अध्यागमनको कानुन उल्लंघन गरेका ३७ जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको बताएको छ ।

उनीहरू आज बुधबार चार्टर्ड जहाजबाट काठमाडौं आइपुग्दैछन्। ३७ जना नेपालीलाई निष्कासन गरिएको बारे अमेरिकाले नेपाल सरकारलाई जानकारी गराइसकेको छ ।अध्यागमन स्रोतका अनुसार आज साढे २ बजेतिर ३७ जना निष्काशित नेपालीलाई लिएर अमेरिकाको चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदैछ ।

निष्काशित हुनेहरू अधिकांश २६ देखि ३० वर्ष उमेर समूहका छन् । उनीहरू अधिकांशसँग पक्राउ पर्ने क्रममा कागजात नभएको बताइएको छ ।