नक्कली भुटानी शरणार्थी प्रकरण : न्यायाधीश कार्कीको इजलासमा पेसी

नक्कली भुटानी शरणार्थी प्रकरण : न्यायाधीश कार्कीको इजलासमा पेसी



काठमाडौं । नक्कली भुटानी शरणार्थीको मुद्दा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा परेको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ भइरहेको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने भन्दै ठगेको मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेको छ ।

यस इजलासले अब सुनुवाइलाई निरन्तर अघि बढाउने वा छुटेकाहरूलाई म्याद जारी गर्ने भन्नेबारे आदेश गर्न सक्ने सूचना अधिकारी श्रेष्ठले बताए ।

यस मुद्दामा एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेय, इन्द्रजित राई, बेचन झा, पूर्वसभासद आङ्टावा शेर्पालगायत प्रतिवादी छन् ।