काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको पाँच दिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।
चीनको थियान्जिनमा आयोजना भएको शाङ्हाइ सहयोग संगठन (एससिओ) को २५ औँ शिखर सम्मेलन तथा बेइजिङ्मा भएको कार्यक्रममा सहभागी भएर बुधबार स्वदेश फिर्ता भएका हुन् ।
प्रधानमन्त्री ओलिलाई त्रिभुवन अन्तर्राष्ट्रीय बिमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, पररष्ट्रमन्त्री डा. आरजु देउवा राणा, मुख्य सचिव एकनारायन अर्याल, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल लगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भदौ १४ गते चीन प्रस्थान गरेको थियो ।
२३ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन प्रस्थान गरेका ओलीले भ्रमणका क्रममा राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरेका थिए । साथै, उनले एससीओ शिखर सम्मेलनलाई सम्बोधन पनि गरेका थिए।
सम्मेलनको क्रममा ओलीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री, लाओसका प्रधानमन्त्री र भियतनामका प्रधानमन्त्रीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।


प्रतिक्रिया