सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन ।

बुधबार प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन । चाँदीको मूल्य पनि यथावत छ । बुधबार चाँदीको मूल्य प्रतितोला रु दुई हजार ४८० कायम भएको थियो ।