काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आफ्नो कार्यकालमा सकेको राम्रो गर्ने बताएका छन । आज (बिहीबार) गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा आईजीपी खापुङले यस्तो बताएका हुन ।
उनले भने, ‘सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन ।’ स्वेच्छाले रोजेर प्रहरी बनेको उल्लेख गर्दै खापुङले भने, ‘मेरा सीमितता प्रति जानकार छु तर, राम्रो गर्ने प्रयास गर्नेछु ।’
तेह्रथुमको गाउँबाट निस्किएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको उल्लेख गर्दै खापुङले सकल दर्जाको हितको खातिर काम गर्ने पनि बताएका छन ।
अपराध अनुसन्धानमा गहन चुनौती रहेको आईजीपी खापुङले बताए । उनले भने, ‘एआई, साइबर, क्रिप्टो लगायत ट्रान्सनेशल अपराध नियन्त्रण गर्न हाम्रो क्षमता विस्तार गर्नुपर्ने छ ।’


प्रतिक्रिया