काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवम् दिगो र ऐतिहासिक सम्बन्ध रही आएको बताएकी छन् ।
संयुक्तराज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुई वटा स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्न आज काठमाडौंमा आयोजित सामारोहमा मन्त्री डा. राणाले उक्त सहयोग नेपाल र अमेरिका बिचको दिगो मित्रता र सहकार्यको प्रतीक भएको बताइन् ।
अमेरिका प्रजातान्त्रिक शासन प्रणालीको सुदृढीकरण, मानवतावादी सहयोग, विपद् व्यवस्थापन, शान्ति स्थापना तथा क्षमता विकासमा नेपालको एक विकास साझेदार र भरपर्दो मित्र रहेको पनि स्पष्ट गरिन् ।
उनले अमेरिकासँगको नेपालको मित्रता र सहकार्य सधैँ शान्ति, स्थायित्व र मानव सेवाको उद्देश्यमा समर्पित रहेको बताउँदै नेपाललाई गर्दै आएको निरन्तर सहयोगका लागि अमेरिकी सरकार र अमेरिकी जनतालाई धन्यवाद ज्ञापन गरिन् ।


प्रतिक्रिया