काठमाडौं । सरकारले फेसबुकसहितका सामाजिक सन्जाल बन्द गर्ने निर्णय गरेकाे छ ।
बिहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सन्जाललाई सरकारले आजैबाट बन्द गर्ने निर्णय गरेको हाे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो ।
२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो ।
त्यसलाई बेवास्ता गरेपछि सरकारले सामाजिक सन्जाल निष्कृय बनाउने निर्णय गरेको हो ।
सरकारले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन दिएको समयसीमा हिजो राति १२ बजेपछि सकिइसकेको हाे । हालसम्म मेटा, अल्फाबेट, एक्स, रेडिट, लिंक्डइनजस्ता ठूला प्लाटफर्म दर्ता प्रक्रियाका लागि मन्त्रालयको सम्पर्कमा आएका छैनन् ।
तोकिएको समयभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नहुने सामाजिक सञ्जालहरूलाई क्रमशः निष्क्रिय पार्ने सरकारले चेतावनी पहिलेनै दिएको थियाे ।
नेपालमा अहिलेसम्म टिकटक, भाइबर, विटक, निम्बज र पप–अप भने सूचीकृत भएका छन् ।


प्रतिक्रिया