कर्मचारीले कुनै पनि पार्टीका लागि काम गर्न पाइँदैन: सभापति देउवा

कर्मचारीले कुनै पनि पार्टीका लागि काम गर्न पाइँदैन: सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न नपाइने बताएका छन् ।

काठमाडौंमा बिहीबार भएको एक कार्यक्रममा बोल्दै सभापति देउवाले कर्मचारीले कुनै पार्टीको लागि नभई समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताए ।

देउवाले भने, ‘संसदमा सबैभन्दा ठूलो पार्टी हाम्रो छ, त्यसकारण हामीले तपाईंहरूका कुराहरू लागू गर्न सक्दछौं। हामी अरू पार्टीलाई पनि सहभागी गराउनसक्छौं । कर्मचारीको हक हित हेर्ने हो । कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न पाइँदैन । देशको, राष्ट्रको, विधानको अनुसार देशको काम गर्ने हो । कुनै पार्टीको लागि काम गर्ने होइन । चुनावमा कसलाई भोट दिने कसलाई नदिने उसको कुरा हो त्यो तर पार्टीको आदेश मान्ने होइन ।’

सभापति देउवाले सरकारी सेवाहरू चुस्त र दुरूस्त बनाउन कर्मचारीहरू क्रियाशिल हुनुपर्ने बताए । २१ औं शताब्दीको आकांक्षाअनुरूप जनतालाई छिटो, छरितो सेवा दिनुपर्ने बताए ।