सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दै छ ।

बैठक साँझ सवा ५ बजे बस्नेछ । समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रियाअगाडि बढाउने कार्यसूची छ ।

उक्त समितिको सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति पद रिक्त छ । सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको हो ।

समितिको सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध भइसकेका छन् ।