तत्काल भत्कने टाउका जोडेर गरिने वाम एकता नगरौं : ओली

तत्काल भत्कने टाउका जोडेर गरिने वाम एकता नगरौं : ओली


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताका टाउका जोडेर गरिने र क्षणभरमै भत्किने खालको एकताको पक्षमा नभएको बताएका छन् ।

गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले ‘जनता र राष्ट्रको सर्वोपरि हितमा आधारित एकता’को पक्षमा पार्टी रहेको उल्लेख गरेका छन् ।

‘आज हामी स्वार्थ केन्द्रित अर्थात् टाउका जोडेर गरिने एकतामा होइन अरू कार्यकर्ताहरूलाई जगैदेखि समेट्दै आन्दोलनलाई विचार, संगठनात्मक र भावनात्मक रूपमा एकताबद्ध बनाउने बाटोमा छौँ’ उनले भनेका छन्, ‘आजको सन्दर्भमा यही नै उपयुक्त बाटो हो ।’

तत्काल वाम एकताको सम्भावना नरहेको संकेत गरे पनि ओलीले दस्तावेजमा ‘नेपालको कम्युनिस्ट आन्दोलनको प्रमुख शक्ति हुनेको नाताले आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने दायित्व एमालेकै काँधमा रहेको’ उल्लेख गरेका छन् ।

वाम एकताबारे ओलीले ‘विभाजन, पुनर्गठन, पुनरोदय र निर्णायक शक्तिको निर्माण’ उपशीर्षकमा लेखेका छन् ।