एमालेको काँधमा देश विकास गर्ने ठुलो जिम्मेवारी छ : विद्यादेवी भण्डारी

एमालेको काँधमा देश विकास गर्ने ठुलो जिम्मेवारी छ : विद्यादेवी भण्डारी

‘सबैले मिलेर समृद्ध नेपाल, सुखी नेपाली को लक्ष्य पूरा गर्नुपर्नेछ’


ग्लोब नेपाल
189
Shares

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ले आफूले पठाएको पत्र अध्ययन गरी उपयुक्त सुझाव दिन पार्टीका सदस्यहरूसँग आग्रह गरेकी छन् ।

शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको दोस्रो विधान महाधिवेशन मा सहभागी हुन उनलाई वञ्चित गराइएको थियो । भिडियो सन्देशमार्फत भण्डारीले प्रतिनिधिहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो पत्र अध्ययन गरेर सुझाव दिन अनुरोध गरेकी हुन् ।

नेकपा एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेको थियो ।

बिहीबार साँझ बसेको सचिवालय बैठकले पार्टीले कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय केन्द्रीय कमिटीको अधिकार क्षेत्रभित्र पर्ने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नभएको अवस्थामा विधान अधिवेशनमा एजेण्डा पनि बन्न नसक्ने बताएको थियो ।

भण्डारीले भिडियो सन्देशमा भनिन्, ‘एमाले र उनका उद्देश्य एउटै भएकाले सबैले मिलेर समृद्ध नेपाल, सुखी नेपाली को लक्ष्य पूरा गर्नुपर्नेछ ।’

साथै, विधान महाधिवेशनमा उपस्थित सदस्यहरूको उपयुक्त सुझाव र सल्लाह पाउने आशा व्यक्त गर्दै उनले पार्टीको काँधमा रहेको देश विकासको ठूलो जिम्मेवारी पूरा गर्न भावनात्मक र सांगठनिक रूपमा एकसाथ अघि बढ्न सुझाव दिएकी छन् ।

एमालेको काँधमा देश विकास गर्ने ठुलो जिम्मेवारी रहेको र त्यसलाई पूरा गर्न भावनात्मक, सङ्गठनात्मक रूपमा एकसाथ भएर अघि बढ्न सुझाव दिइन् ।