तत्काल सरकारका मन्त्रीहरू हेरफेर हुँदैनन्: देउवा

तत्काल सरकारका मन्त्रीहरू हेरफेर हुँदैनन्: देउवा


ग्लोब नेपाल
0
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन । आज (शनिबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै देउवाले यस्तो बताएका हुन ।

सभापति देउवाले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने पनि बताएका छन् । उनले कांग्रेसको आसन्न महाधिवेशन समय आएपछि हुने प्रतिक्रिया दिएका छन । उनले तत्काल सरकारका मन्त्रीहरू हेरफेर नहुने पनि जानकारी । उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको पनि बताएका छन् ।