काठमाडौं । अमेरिकाको मिनेसोटा राज्यमा रहेको ट्विन सिटीजमा शनिवार हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै यात्रुको मृत्यु भएको छ ।
रोबिनसन आर६६ हेलिकप्टर एयरलेक विमानस्थल नजिक स्थानीय समयअनुसार अपराह्न पौने ३ बजेतिर दुर्घटनाग्रस्त भएको थियो ।
लेकभिल प्रहरी विभागका अनुसार, उद्धारकर्ताहरू घटनास्थलमा पुग्दा हेलिकप्टरमा आगोको मुस्लो थियो र त्यसभित्र रहेका सबै मानिसको मृत्यु भएको थियो ।
हेलिकप्टरमा कतिजना सवार थिए भनी खुलेको छैन । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धनकर्मीहरूले प्रयास गरिरहेका छन् ।


प्रतिक्रिया