काठमाडौं । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा ढुंगामुढा भएको छ । एक सुरक्षाकर्मीले दिएको जानकारीअनुसार सानेपास्थित कार्यालयमा तोडफोड भएको छ ।
यसैबीच कांग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामा दिने विषयमा छलफल गरेका छन् ।
अहिले मन्त्री निवास भैसेपाटीमा मन्त्रीहरुले छलफल गरिरहेका छन् । कृषी मन्त्री रामनाथ अधिकारीले भने राजीनामा दिइसकेका छन् । अरु मन्त्रीहरुले स्वास्थ्यमन्त्री प्रदीप पौडेल निवासमा छलफल गरेका हुन् ।
कांग्रेस नेता शेरखर कोइराला, महामन्त्री गगन थापाले सरकारको समर्थन छोड्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
यता, बूढानीलकण्ठको देउवा चोकनजिकै प्रदर्शनकारी भेला भएका छन् । नेताहरुको घरलाई टार्गेट गर्दै प्रदर्शनकारीले तोडफोड गर्दै आएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास नजिकै उनीहरु जम्मा भएर प्रदर्शन गरेका हुन् ।


प्रतिक्रिया