काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । जेनजीहरूको प्रदर्शनका क्रममा हिजो १९ जना युवाले ज्यान गुमाएको घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिनुभएको उनको स्वकीय सचिवालयले जनाएको छ ।
हिजो जेनजी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन अनि सरकार र प्रशासनले गरेको दमनको विरोध गर्दै मन्त्री पदबाट राजिनामा दिएको यादवले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनले सबैलाई संयमता अपनाई युवा पुस्तालाई सहि मार्ग दर्शन दिन र सहयोग गर्न अपिल समेत गरेका छन् ।


प्रतिक्रिया