सिंहदरबारभित्र छिरे प्रदर्शनकारी, मन्त्रालयभित्र पसेर तोडफोड

सिंहदरबारभित्र छिरे प्रदर्शनकारी, मन्त्रालयभित्र पसेर तोडफोड



काठमाडौं । जेनजी आन्दोलनकारी मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रवेश गरेका छन् । उनीहरू गेट तोडेर प्रवेश गरेका हुन् ।

मूलगेटबाट प्रवेश गरेका उनीहरूले अहिले मन्त्रालयहरूमा छिरेर तोडफोड गरिरहेका छन् ।

आन्दोलनको दोस्रो दिन आज देशभर प्रदर्शनकारीको भिड सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको हाे । आज उनीहरू प्रधानमन्त्री, शीर्ष नेता र मन्त्रीको घर र पार्टी कार्यालय लक्षित गरी तोडफोड र आगजनीमा उत्रिएका छन् ।