काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।
सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्न लागेका हुन् । नेपाली सेना स्रोतका अनुसार, पछिल्लो परिस्थितिको बारेमा सिग्देलले जानकारी गराउन लागेका हुन् ।
यसैबीच, राष्ट्रपति रामचन्द्र पाैडेलले विषम परिस्थितिकाे शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयाेग गर्न आग्रह गरेका छन् ।
राष्ट्रपति पाैडेलले प्रधानमन्त्री केपी शर्मा ओलीकाे राजीनामा स्वीकृती भइसकेकाले अहिलेकाे विषम परिस्थितिबाट मुलुक, जनता र लाेकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयाेग गर्ने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति पाैडेलले लाेकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गरेका छन् ।


प्रतिक्रिया