जेन–जीले सरकार प्रमुखमा सुशीला कार्कीलाई अघि सार्ने

जेन–जीले सरकार प्रमुखमा सुशीला कार्कीलाई अघि सार्ने



काठमाडौं । चार घण्टादेखि जारी जेन–जीकाे भर्चुअल बैठकमा सर्वमान्य नेताकाे खाेजी भइरहेकाे छ । उक्त बैठकमा सहभागी भएका सागर ढकालले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबारे चर्चा गरेका छन् ।

आफ्नाे सर्कलमा कार्कीबारे गरिएकाे सर्वेक्षणमा ९२ प्रतिशत समर्थन प्राप्त भएकाे उनले जानकारी दिए ।

नेपाली सेनाले जेन–जीकाे प्रतिनिधि बाेलाइरहका बेला विभिन्न नेताहरूकाे विकल्पबारे छलफल भइरहेकाे छ । यही बेला बिहानैदेखि छलफल चलाइरहेकाे जेन–जी समूहले भने उपयुक्त प्रतिनिधि भेटिरहेकाे छैन ।

सबैले मान्ने व्यक्ति खाेजी गर्दा कार्की सही पात्र हुन सक्ने भनिएकाे छ ।