काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी चार्ली कर्कको हत्या भएको छ । युटा राज्यमा कलेजको एक कार्यक्रममा सहभागी भइरहेका बेला गोली हानी उनको हत्या गरिएको हो ।
कलेजको छतबाट गोली चलेको अधिकारीहरूको अनुमान गरेका छन् । प्रत्यक्षदर्शीका अनुसार, कर्कसँग सामूहिक गोलाबारीबारे प्रश्न सोधिरहेका बेला गोली चलेको थियो ।
ट्रम्पले कर्कको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै महान र दिग्गज चार्ली कर्क नरहको भन्दै अमेरिकाका युवालाई चार्लीले जति बुझ्ने र माया गर्ने कोही पनि नभएको बताए ।
१८ वर्षको उमेरमा कर्कले टर्निङ प्वाइन्ट यूएसए नामक संगठन स्थापना गरेका थिए । कर्कले बहस गर्ने शैलीका कारण देशभरका युवाहरूमाझ लोकप्रियता कमाएका थिए ।
अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका बताएका छन् । बीबीसी


प्रतिक्रिया