त्रिविको पठनपाठन छठपछि मात्रै

त्रिविको पठनपाठन छठपछि मात्रै



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पठनपाठन आउँदाे कात्तिक ११ गतेपछि मात्रै शुरू हुने भएको छ ।

त्रिविले आज सूचना निकालेर असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन शुरू गर्न समस्या भएको जनाउँदै अब छठपर्वपछि मात्र पठनपाठन हुने जनाएको हो ।

देशभर विद्यमान असामान्य परिस्थितिका कारण आउँदाे हिउँदे बिदाबाट कटौती गर्ने गरी विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेकाे सूचनामा उल्लेख छ ।