काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।
राष्ट्रपति पौडेल र जेनजीबाट प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधान न्यायाधीश कार्कीबीच कसको सिफारिसमा संसद भंग गर्ने भन्ने कुरा मिल्न नसकेपछि प्रधानमन्त्री नियुक्तिमा विलम्ब भएको थियो । राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री भएपछि पहिलो बैठकबाटै संसद विघटन र निर्वाचन मिति निर्णय गरी ल्याउन पनि भनेका थिए । जसले गर्दा कुरा मिलेको थिएन ।
जेनजी पुस्ताले गरेको आन्दोलनपछि प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिएको अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठन गर्ने सन्दर्भमा केही दिनदेखि छलफललाई तीब्रता दिइरहेका थिए ।


प्रतिक्रिया