काठमाडौं । मन्त्रिपरिषद् गठनको कसरत भइरहेको छ । आजै साँझसम्म सपथ गराउने गरी मन्त्रिपरिषद् गठनको कसरत भइरहेको बुझिएको छ । जेन–जीको प्रतिनिधि बनेर कोही पनि मन्त्री नहुने भएकाले निस्कलंक र समाजसेवीलाई मन्त्री बनाउने तयारी भइरहेको छ ।
जेनजी प्रतिनिधि, कुलमान घिसिङ, दुर्गा प्रसाईं र बालेन साहको प्रतिनिधिलाई राखेर नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् गठनको कसरत थालेकी हुन् ।
आन्तरिम सरकारको नेतृत्व गर्न अगाडि सरेका कुलमान घिसिङ सुशीला कार्की नेतृत्वको सरकारमा नजाने भएका छन् । उनले मन्त्री पद लिन ठाडै अस्वीकार गरेको बुझिएको छ । घिसिङ आफू मन्त्री नबन्ने भएपछि उनले सिफारिसको गरेको व्यक्तिलाई मन्त्री बनाइने तयारी भएको बुझिन्छ । उनले कसलाई सिफारिस गर्छन् त्यसबारे कुनै संकेत प्राप्त भएको छैन ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भने ६ जना मन्त्री मागेका थिए । तर उनलाई ६ वटा मन्त्रालय होइन, उनले सिफारिस गरेका २ जनालाई मन्त्री बनाइने भएको छ । उनको टिमबाट एकजना डा. सुरेन्द्र केसी मन्त्री बन्ने सम्भावना बलियो रहेको छ ।
आफ्नो टिमबाट मन्त्रीको जिम्मेवारी नलिने भएपछि जिनजीले स्वतन्त्र र निष्कलंक व्यक्तिको खोजी गरिरहेको बुझिएको छ । रास्वपा नेतृ तथा पूर्वमन्त्री सुमना श्रेष्ठ पहिले नै जेनजी टिममा मिसिएकी छन् । त्यसैगरी पूर्वन्यायाधीश आनन्दमोहन भट्टराई र बालेनका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालको नाम मन्त्री बन्ने सूचिमा रहेको बुझिन्छ ।


प्रतिक्रिया