काठमाडौं । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले मुख्यमन्त्री र आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाएको छ । जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री र मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी सहितको पत्र प्रदेश प्रमुख कहाँ पठाएको हो ।
जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महेश यादवले पार्टी प्रदेश सरकारबाट फिर्ता हुने निर्णयमा पुगेको भन्दै प्रदेश प्रमुखलाई पत्राचार गरेका हुन् । पार्टी निर्णय अनुसार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउँदैछन ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी आजै जनकपुर पुगेपछि राजीनामा बुझाउने तयारी छ । सभामुख रामचन्द्र मण्डल पनि आजै प्रादेशिक राजधानी जनकपुर पुग्ने बताइएको छ । संविधानको धारा ७६ को २ अनुसार सरकार गठनको आह्वान हुनसक्ने सम्भावना छ ।
संविधानसम्मत सर्वपक्षीय र सर्वदलीय सरकार गठन गर्न सभामुख मण्डल दलहरूसँग परामर्श समेत उनले गर्दैछन ।


प्रतिक्रिया