जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा



काठमाडौं । जेनजी युवाको आन्दोलनमा ज्यान गुमाएका नागरिकलाई सरकारले शहीदको सम्मान दिने निर्णय गरेको छ। साथै, प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने भएको छ।

आज पदभार ग्रहण गरेसँगै प्रधानमन्त्री सुशीला कार्कीले यस सम्बन्धी निर्णयमा हस्ताक्षर गरेकी हुन्।

मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनका क्रममा ७२ जनाको मृत्यु भएको छ। मृतकमध्ये ५९ जना आन्दोलनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी छन्। त्यस्तै, १३४ जना आन्दोलनकारी र ५७ जना प्रहरी घाइते भएको विवरण प्राप्त भएको छ।