नवनियुक्त ३ मन्त्रीहरूको शपथ साढे ११ बजे

नवनियुक्त ३ मन्त्रीहरूको शपथ साढे ११ बजे


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथ ग्रहण आज हुँदैछ ।

नियुक्त भएका ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् । नवनियुक्त मन्त्रीहरूको शपथग्रहण समारोह आज बिहान साढे ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

बालुवाटार स्रोतका अनुसार अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृह मन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कुलमान घिसिङलाई सपथ गराउन लागिएको हो । गृहमन्त्री अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने जानकारी ती स्रोतले दिएका छन्।