काठमाडौं । सरकारले जेन–जी आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै शहीदका परिवारलाई १५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएकोमा मन्त्रिपरिषद् बैठकले त्यो रकम १५ लाख पुर्याउने निर्णय गरेको हो । यस्तै सरकारले आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेन–जी स्मारक पार्क बनाउने भएको छ ।


प्रतिक्रिया