काठमाडौं । जेन-जी आन्दोलनमा ज्यान गुमाएका १० जनाको आज अन्त्येष्टि गर्ने तयारी भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जनागरी १० मृतकको आज अन्त्येष्टि गर्न लागिएको हो । अन्त्येष्टि अघि शव गाडीमा राखेर नगर परिक्रमा गराइने तयारी मृतकका परिवारले गरेका हुन् ।
यसअघि नै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही मृतकको दाहसंस्कार भइसकेको छ । थप १० जनाको चाहिँ आज हुन लागेको हो । सरकारले मृतकहरूको राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ ।
त्यस्तै, सरकारले मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । यसका लागि अर्थ मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन मार्फत मृतक परिवारलाई रकम हस्तान्तरण गर्ने बताइएको छ । जेन-जी आन्दोलनमा ७२ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया