आन्दोलनमा आगजनी गरिएको कोटेश्वर भाटभटेनी पुगे अर्थमन्त्री खनाल

आन्दोलनमा आगजनी गरिएको कोटेश्वर भाटभटेनी पुगे अर्थमन्त्री खनाल



काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको भाटभटेनीको कोटेश्वरस्थित भवनको अवलोकन गरेका छन् ।

अर्थसचिवलाई लिएर उनी खन्डहर बनाइएको भवन अवलोकनका लागि पुगेका हुन् ।

भाटभटेनीले सामाजिक सञ्जालमार्फत् भनेको छ, “उहाँको उपस्थितिले हामीलाई दृढता र हौसला मिलेको छ, जसले हामीलाई अझ सबल भएर अघि बढ्न प्रेरित गरेको छ । भौतिक संरचना भत्किन सक्छ, तर भाटभटेनीको आत्मा कहिल्यै टुट्दैन । हामी अझ सबल भएर पुनःनिर्माण गर्नेछौं र नेपाली जनताको सेवामा निरन्तर प्रतिबद्ध रहनेछौं ।”