माओवादीमा तत्काल पार्टीको विशेष महाधिवेशन गर्न राजन दाहालकाे माग

माओवादीमा तत्काल पार्टीको विशेष महाधिवेशन गर्न राजन दाहालकाे माग



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता राजन दाहालले तत्काल पार्टीको विशेष महाधिवेशन मागेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरसंघर्ष चर्किएको बेलामा नेता दाहालले प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत अध्यक्ष लगायत सिङ्गो केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव अघि सारेका हुन् ।

उनले भनेका छन्, ‘तत्काल विशेष महाधिवेशनमा जाऔं । प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत अध्यक्ष लगायत सिङ्गो केन्द्रीय समिति निर्वाचित गरौं ।’

उनले हिम्मत हुनेले ढ्वाङ थाप्ने कार्यकर्ताबाट अनुमोदित भएर आउनुपर्ने उनको भनाइ छ । उनले जनार्दनलाई लक्षित गर्दै भनेका छन्, थपेका छन्, ‘मान न मान, मै तेरा मेहमान, अब असम्भव ।’