काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा केही अराजक समूहले काठमाडौं उपत्यकामा प्रहरीका १ सय २२ भवनमा आगजनी गरेको र आगजनीबाट भवनहरु पूर्ण रूपमा जलेको खुलासा भएको छ ।
उपत्यका प्रहरी कार्यालयका अनुसार उपत्यकामा रहेका ९६ वटा युनिटमा भने आंशिक क्षति पुगेको हो । कार्यालयका अनुसार भदौ २४ मा भएको तोडफोड र आगजनीमा प्रहरीको कुल २१८ भवनमा क्षति पुगेको छ ।
सोही क्रममा काठमाडौं, भक्तपुर र ललितपुरमा प्रहरीको १२१ वटा गाडीमा आगजनी गरिएको छ । आगजनीका कारण ११७ वटा गाडी पूर्ण रूपमा जलेका छन् । ४ वटा गाडीमा आंशिक क्षति पुगेको छ ।
त्यस्तै, प्रहरीको १५८ वटा दुई पांग्रे सवारी साधन आगजनीमा परेका छन् । साइबर ब्यूरोको ४ वटा गाडीमा पनि आगजनी भएको छ । रानीपोखरी स्थित उपत्यका प्रहरी कार्यालयमा राखिएका सशस्त्र प्रहरीको ३ वटा र राष्ट्रिय अनुसन्धान विभागको एउटा गाडीमा आगजनी गरिएको हो ।
यसैगरी रानीपोखरीमा जलेको अवस्थामा एउटा टोयोटा गाडी भेटिएको छ ।


प्रतिक्रिया