नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाउन शंकर पोखरेलको आग्रह

नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाउन शंकर पोखरेलको आग्रह


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधिलाई अघि बढाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्ने बताएका हुन् ।

मनन गर्नुपर्ने कुरा भन्दै उनले नयाँ पुस्ताको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंसको भने विरोध गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।

‘नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गरौँ । त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंसको विरोध गरौँ,’ महासचिव पोखरेलले भनेका छन्, ‘नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाऔँ । जनतासँगको सम्बन्धलाई जीवन्त र घनिष्ठ बनाऔँ ।’

साथै, उनले जन पक्षीय जीवनशैली र आचरणमा जोड दिनुपर्ने पनि बताएका छन् ।

‘आन्तरिक एकतामा जोड दिऔँ, पार्टी पङ्क्तिको मनोबल उच्च बनाऔँ । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौँ र बनाऔँ,’ महासचिव पोखरेलले भनेका छन्, ‘लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यमा जोड दिऔँ ।’