काठमाडौं । सरकारका तीन मन्त्रीहरूले जेन–जी आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरीक्षण गरेका छन् ।
अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले केही बेरअघि संसद भवन पुगेका हुन् ।
संसद भवनपछि सर्वोच्च अदालतको भग्नावशेष हेर्न जाने तयारी छ । उनीहरूले भैंसेपाटीस्थित मन्त्री निवासको पनि संयुक्त अवलोकन गर्ने छन् ।
जेन–जी आन्दोलनकारीले संसद भवन र सर्वोच्च अदालत जलाएर ध्वस्त पारेका थिए । संसद अहिले बन्द छ भने सर्वोच्चले पाल टाँगेर काम गरिरहेको छ ।


प्रतिक्रिया