आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घट्यो

आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घट्यो


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ९ सय रुपैयाँले घटेर २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेकोे छ । बुधबार प्रतितोला २५५० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर २५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।