जापानिज इन्सेफलाइटिस र डेंगुबाट २ जनाको मृत्यु

जापानिज इन्सेफलाइटिस र डेंगुबाट २ जनाको मृत्यु


ग्लोब नेपाल
54
Shares

काठमाडौं । रुपन्देहीमा जापानिज इन्सेफलाइटिस र डेंगुबाट दुई जनाको मृत्यु भएको छ ।

रुपन्देहीको स्वास्थ्य कार्यालयका अनुसार तिलोत्तमा नगरपालिकाका एक पुरुषको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको हो भने डेंगुका कारण नवलपरासी बर्दघाटका एक पुरुषको मृत्यु भएको हो ।

पछिल्लो समय रुपन्देहीमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस र डेङ्गु रोगको संक्रमण बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । रुपन्देहीमा यस वर्ष जापानिज इन्सेफ्लाइटिसबाट १० जना र डेंगुबाट १ सय ८४ जना संक्रमित भएका छन् ।

संक्रमण न्यूनीकरणका लागि स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकालाई पत्राचार गरी सचेतनामूलक अभियान चलाउन निर्देशन दिएको छ ।