खाद्य कम्पनीले यस वर्ष दसैंमा खसी नल्याउने

खाद्य कम्पनीले यस वर्ष दसैंमा खसी नल्याउने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैंमा खसी, बोका तथा च्याङ्ग्रा नल्याउने बताएको छ ।

खाद्य कम्पनी लिमिटेडका सूचना अधिकारी माधव मिश्रका अनुसार ‘जेनजी’ आन्दोलनको प्रभाव तथा बाटो असुरक्षाका कारण यस वर्ष दसैँमा खसीबोका तथा च्याङ्ग्रा नल्याउने निर्णय भएको छ ।

भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन र त्यसपश्चात् निरन्तर भएको निषेधाज्ञा र कर्फ्युको विशेष प्रभाव परेको उनको भनाइ छ । उनले भने, “जेनजी आन्दोलनको प्रभाव हो । बाटोहरू पनि राम्रो र सुरक्षित छैनन् । यसकारण यस्तो निर्णय भएको हो ।”

हरेक वर्ष कम्पनीले बजार सन्तुलनका लागि खसी, बोका र च्याङ्ग्रा खरिदबिक्री गर्दै आएको छ ।