सैनिक ब्यारेकबाट फर्किए एमाले अध्यक्ष ओली

सैनिक ब्यारेकबाट फर्किए एमाले अध्यक्ष ओली


ग्लोब नेपाल
3.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् ।

जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आएका हुन् ।

सुरक्षा स्रोतका अनुसार ओलीका निम्ति भक्तपुरको गुण्डुमा भाडाको घर लिइएको छ । बालकोटस्थित ओलीको घर भने प्रदर्शनकारीले जलाएका थिए ।

बालकोटको घर जलेकाले ओली गुण्डु सरेका हुन् । ओलीलाई यहाँ ल्याउने पहल एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले गरेका हुन् ।