गोंगबु नयाँ बसपार्कमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष सञ्चालन

गोंगबु नयाँ बसपार्कमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष सञ्चालन


ग्लोब नेपाल
0
Shares

काठमाडौं । काठमाडौंको गोंगबु नयाँ बसपार्कमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष सञ्चालनमा आएको छ ।

आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी दान बहादुर कार्कीले नागरिक सहायता कक्षको उद्घाटन गरे ।

नयाँ बसपार्कसहित उपत्यकाको १५ ठाउँमा नागरिक सहायक कक्ष सञ्चालन गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका महासचिव टेकनाथ गौतमले जानकारी दिए ।

उपत्यकाको चाबहिल, गौशाला, बल्खु, कलङ्की, लगायत बनेपामा पनि नागरिक सहायता आजदेखि सञ्चालनमा आएको उनले बताए ।