एनसेलको सेवा शुक्रबार तीन घण्टा अवरुद्ध हुने

एनसेलको सेवा शुक्रबार तीन घण्टा अवरुद्ध हुने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको भोलि (शुक्रबार) बिहान तीन घण्टा सेवा अवरुद्ध हुने भएको छ ।

शुक्रबार बिहान १ देखि ४ बजेसम्म नियमित सुधार प्रक्रिया अन्तर्गत प्राविधिक कार्य गर्ने जानकारी गराउँदै सेवा अवरुद्ध हुने एनसेलले बताएको हो ।

सो अवधिमा रिचार्ज, प्याक/सेवा सुचारुका साथै एनसेल एप, च्याट, कोडहरु र वेबसाइटमार्फत उपलब्ध हुने सेवाहरू अवरुद्ध रहने जानकारी एनसेलले गराएको छ ।

एनसेलले आफ्ना ग्राहकहरुलाई भरपर्दो सेवा प्रदान गर्न सधैं प्रतिबद्ध रहेको बताएको छ । ‘यस सुधार कार्यका दौरान पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौं,’ एनसेलले सूचना जारी गर्दै भनेको छ ।