ट्रम्पद्वारा २३ देशलाई अवैध लागूऔषध ट्रान्जिट र उत्पादक देश घोषणा

ट्रम्पद्वारा २३ देशलाई अवैध लागूऔषध ट्रान्जिट र उत्पादक देश घोषणा



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सदनमा पेस गरेको ‘प्रेसिडेन्सियल डिटरमिनेशन’ मा २३ वटा देशलाई प्रमुख लागूऔषध ट्रान्जिट वा अवैध लागूऔषध उत्पादक देशका रूपमा सूचीबद्ध गरेका छन् ।

यी देशहरूमध्ये चीन, अफगानिस्तान, भारत र पाकिस्तान पनि परेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकामा अवैध लागूऔषध व्यापारबाट उत्पन्न खतरालाई परास्त गर्ने दृढता व्यक्त गरेका छन् ।

सूचीमा रहेका अन्य देशहरूमा बहामास, बेलिज, बोलिभिया, म्यान्मा, कोलम्बिया, कोस्टारिका, डोमिनिकन रिपब्लिक, इक्वेडर, एल साल्भाडोर, ग्वाटेमाला, हाइटी, होन्डुरस, जमैका, लाओस, मेक्सिको, निकारागुआ, पनामा, पेरु र भेनेजुएला समावेश छन् ।

राष्ट्रपति निर्णयमा अफगानिस्तान, बोलिभिया, म्यान्मा, कोलम्बिया र भेनेजुएलाले विगत १२ महिनामा अन्तर्राष्ट्रिय मादक पदार्थ विरोधी सम्झौता अन्तर्गतका दायित्व पूरा नगरेको र आवश्यक सुधारात्मक कदम चाल्न असफल भएको प्रष्ट रूपमा उल्लेख गरिएको छ ।