संसद् विघटन असंवैधानिकः सभामुख घिमिरे

संसद् विघटन असंवैधानिकः सभामुख घिमिरे


ग्लोब नेपाल
135
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी रहेको बताएका छन् । संविधान दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै घिमिरेले संविधानविरोधी गतिविधि बुझ्न सकिए मात्र संविधान र विधिको शासनको रक्षा हुने बताए ।

जेन–जी पुस्ताको आन्दोलनले समाज र राष्ट्रलाई नयाँ सोचका साथै पारदर्शिता र सुशासन दिनुपर्ने महत्त्वपूर्ण चेतना दिएको उनको भनाइ थियो ।
भ्रष्टाचार र कुशासन अन्त्यको माग अघि सारेका निर्दोष युवाहरूको विरोधलाई देखाएर देशमा असामान्य स्थिति सृजना गरिएको भन्दै उनले जननिर्वाचित सर्वोच्च विधायिकी संस्थालाई विघटन गर्ने कार्य गैरसंवैधानिक भएकोसमेत उल्लेख गरे ।

विगतमा पनि नेपाली जनताबाट खोसिएको अधिकार संसदमार्फत पुनर्स्थापित गरेको स्मरण गर्दै सभामुख घिमिरेले लोकतान्त्रिक शासन प्रणालीको विकल्प अझ उन्नत लोकतन्त्रमात्र हुनेतर्फ ध्यानाकर्षण पनि गराएका छन् ।