१ लाख घुस रकमसहित लेखा अधिकृत अख्तियारको नियन्त्रणमा

१ लाख घुस रकमसहित लेखा अधिकृत अख्तियारको नियन्त्रणमा


ग्लोब नेपाल
135
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृतलाई घुससहित नियन्त्रणमा लिएको छ ।

अख्तियारको सुर्खेत कार्यालयले दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौँ) टंक बहादुर कार्कीलाई एक लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको आयोग स्रोतले जानकारी दिएको छ ।

उनले सेवाग्राहीबाट १ लाख घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको र थप विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।