काठमाडौं । संविधान दिवसको अवसरमा प्रधानमन्त्री शुसिला कार्कीले सम्बोधन गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रममा प्रधानमन्त्री कार्कीले सम्बोधन गरेकी हुन् ।
समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री कार्कीले शासकीय अपेक्षा र लालसाले आफु प्रधानमन्त्री नबनेको बताइन । उनले संक्रमणको व्यवस्था छ महिना निर्वाचन जिम्मेबारी हस्तान्तरण गर्न आफु प्रतिबद्ध रहेको बताइन् ।
कार्कीले विगतमा भएका कमि कमजोरीमा आत्मआलोचना सहित अघि बढनुपर्ने बताइन । त्यस्तै उनले पुनर्निमाण नीजि क्षेत्रको मनोबल उच्च बनाउदै पुर्ननिर्माणमा एकजुट हुन आग्रह गरिन । संबिधानमा परिवर्तन भन्दा मर्म अनुसार कर्म गर्नुपर्नेमा समेत प्रधानमन्त्री कार्कीको जोड छ ।
उनले संविधानमा रहेका संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशी लगायतका विषयमा सबैले गर्व गर्नुपर्ने बताइन् । संबिधान जारी भएको एक दशकमा संबिधानले मार्गदर्शक गरेका के गरियो भनेर समीक्षा गर्नुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ छ । जेनजी युवाहरुको आन्दोलन शासन सञ्चालन र भ्रष्टाचारप्रतिको असन्तुष्टि भएकाले त्यसलाई सबैले आत्मसाथ गर्र्नुपर्ने कार्कीको भनाइ छ ।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।
विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए ।


प्रतिक्रिया