बुढाहरू आउन भएन भनेर गगन दाईलाई भनेको छुः सुदन गुरुङ

बुढाहरू आउन भएन भनेर गगन दाईलाई भनेको छुः सुदन गुरुङ


ग्लोब नेपाल
108
Shares

काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङले कांग्रेस महामन्त्री गगन कुमार थापालाई अब पुराना नेताहरू नेतृत्वमा आउन नहुने सुझाव दिएको बताएका छन । हिजो (शुक्रबार) राष्ट्रपति निवास शीतलनिवासमा संविधान दिवसको अवसरमा परेर चियापान तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो ।

सो कार्यक्रममा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, निवर्तमान सांसदहरूदेखि नयाँ पुस्ताका अगुवाहरूसमेत उपस्थित थिए । पछिल्लो समय चर्चाको शिखरमा रहेका गुरुङ पनि त्यहाँ उपस्थित भएका थिए ।

सोही कार्यक्रममा पुगेका महामन्त्री थापासँग सुदनले केहीबेर गफ गरेका थिए । सो क्रममा अब बुढा नेताहरू नेतृत्वमा आउन नहुने सुझाव गगनलाई दिएको शनिबार एक भिडियो सन्देशमार्फत सुदनले बताएका छन् ।

‘मैले गगन दाईलाई नि भेटेँ, यस्तो तालले भएन दाई, तपाईंहरू के के गर्नु हो गर्नु, यो बुढाहरू यसरी आउन भएन भनेर भनेको छु,’ गुरुङले भनेका छन् । उनले संविधानकै कारण पुराना नेताहरू जोगिएको समेत गगनलाई बताएको भनेका छन् ।

‘तपाईंहरूलाई प्रोटेक्ट गरेको भनेको संविधानले हो । संविधान फालेको भए, प्रेसिडेन्ड (राष्ट्रपति) पनि जान्थ्यो, स्टेट अभिभावकलेस हुन्थ्यो,’ गगनसमक्ष आफूले राखेको कुरा उनले भनेका छन् ।