काठमाडौं । जाजरकोटका १९ वर्षीय दिपक राउत ‘पब्लिक स्पिच नेपाल’ को दोस्रो संस्करणको विजेता बनेका छन् । आज यहाँ आयोजित प्रतियोगिताको अन्तिम चरणको कार्यक्रममा उनी विजयी हुँदै ट्रफीसहित रु ५० हजारबाट पुरस्कृत भएका छन् ।
बागेश्वरी असल शासन क्लब (बास नेपाल) को आयोजनामा भएको प्रतियोगितामा मेलिशा कार्की द्वितीय भएकी छन् भने दिपक परियार तृतीय भए । उनीहरू क्रमशः रु ३० हजार र रु २० हजारसहित पुरस्कृत भए ।
यसैगरी, रु २० हजारसहित उमा कार्कीले ‘पब्लिक च्वाइस अवार्ड’ प्राप्त गरिन । प्रोत्साहन पुरस्कार प्रार्थना अधिकारी र सान्त्वना पुरस्कार तोरिशा भण्डारीले प्राप्त गरेकी छन् ।
प्रतियोगीहरूले भ्रष्टाचार नियन्त्रण, बौद्धिक पलायन, अपाङ्गता, समावेशिता र प्राकृति संरक्षणलगायत विषयमा आफ्नो धारणा प्रस्तुत गरिएको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, ‘मोटिभेसनल स्पिकर’ डा ताराप्रसाद गिरी र वरिष्ठ सञ्चारकर्मी बबिता बस्नेत रहेको बास नेपालका अध्यक्ष नमस्कार शाहले जानकारी दिए ।


प्रतिक्रिया